
जनकपुरधाम – मिथिलाञ्चलनको महाकुम्भको रुपमा रहेको लामो दूरीको धार्मिक यात्रा मिथिला मध्यमा परिक्रमा आइतबार जनकपुरधाम आइपुगेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीबाट मिथिला बिहारीको डोला र किशोरीजीको डोलासहित हनुमाननगरमा पुगेर विधिवत् सुरु भएको परिक्रमा नेपाल–भारतका विभिन्न भागको परिक्रमा गर्दै जनकपुरधाम आइपुगेको हो ।
बिसौलमा विश्राम गरेको परिक्रमामा सहभागी श्रद्धालुहरु कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाम पुगेका हुन् । जनकपुरधाम आइपुगेका परिक्रमामा श्रद्धालु सहभागीहरुले सोमबार अन्तगृह परिक्रमा गर्ने छन् ।
अन्तगृह परिक्रमासँगै मिथिलाञ्चलको सबैभन्दा ठूलोे धार्मिक पदयात्रा सम्पन्न हुनेछ । मिथिला मध्यमा परिक्रमामा नेपालको १०७ किलोमिटर र भारतको २६ गरी कुल १३३ किलोमिटर दूरी तय गरेका छन् ।