स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?

स्टीफन हकिङ्गलाई लागेको रोग के थियो र उनीसँग रोग कसरी हार्‍यो ?
+
-

सपना विश्व बदल्ने । उमेर पनि त्यो आँट आउने खालको २१ वर्ष । तर हिँड्दै गरेको त्यो युवालाई अचानक हिँड्नै समस्या हुन थाल्यो ।

सुरुमा लाग्यो समस्या त्यस्तो गम्भीर नहोला । तर स्वास्थ्य परीक्षणपछि थाहा भयो सामान्य होइन मोटर न्युरोन रोग लागेको थियो ।
यसपछि सन्सार बदल्ने रहर बोकेका युवा वैज्ञानिकको मुटुमा ढ्याङ्ग्रो बज्यो ।

ती युवा वैज्ञानिक थिए, स्टीफन हकिङ्ग ।

डाक्टरले बढीमा दुई वर्षमात्रै बाँच्ने भनेका थिए । तर उनले डाक्टरले भने भन्दा लामो जीवन बाँचे अनि त्यो भन्दा लामो जीवन बाँच्ने काम गरे ।

सन् १९४२ मा अक्सफोर्डमा जन्मिएका हकिङ्गका पिता बायोलोजिस्ट थिए र उनी जर्मनीमा भएको युद्धबाट बच्नका लागि लण्डनबाट अक्सफोर्ड गएर बसेका थिए ।

रोग कहिले पत्ता लाग्यो ?

हकिङ्गको पालन–पोषण लण्डन र सेन्ट अल्बान्समा भयो । उनले अक्सफोर्ड विश्वविद्यालयबाट भौतिकशास्त्रमा स्नातक गरेपछि कस्मोलोजीमा पोस्टग्र्याजुएट रिसर्च गर्नका लागि क्याम्ब्रिज विश्वविद्यालय गए ।

सन् १९६३ मा क्याम्ब्रिजमै रहेका बेला उनलाई मोटर न्युरोन रोग लागेको थाहा भएको हो । क्याम्पस पढ्ने बेला उनलाई घोडा चढ्न तथा डुंगा चलाउन खुब रमाइलो लाग्थ्यो । तर मोटर न्युरोनका कारण उनको शरीरको अधिकांश भाग चल्न नसक्ने भयो ।

प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

सन् १९६४ मा उनले आफ्नी प्रेमिका ज्यानीसँग विवाहको तयारी भइरहेका बेला डाक्टरले उनको आयु दुई वा तीन वर्ष मात्रै रहेको बताए । डाक्टरले यस्तो बताए पनि ज्यानीले उनको साथ छोडिनन् ।

भाग्यले उनको साथ दियो, तीव्र गतिमा बढ्ने अनुमान गरिएको रोग हकिङ्गमा भने धिमा बन्यो ।

यो कस्तो रोग हो ?

यो रोगको नाम मोटर न्युरोन डिजिज (एमएनडी) हो । बेलायतको एनएचएसका अनुसार यो एक असाधारण अवस्था हो, जसले मानिसको मस्तिष्क र तन्तुमा असर गर्छ । यसका कारण शरीर कमजोर बन्दै जान्छ र यो निरन्तर बढ्दै जान्छ ।

तस्बिरमा स्टीफन हकिङ्गको जीवनी

यो रोग घातक रहेको र यसले आयु निकै घटाउने डाक्टरले बताएका छन् । तर केही व्यक्ति भने लामो समय बाँच्न सफल हुन्छन्, जस्तो की हकिङ्ग ।

यो रोग पूर्ण रुपले निको हुने औषधि बनेको छैन । तर यसका कारण दैनिक जीवनमा पर्ने नकारात्मक प्रभाव भने कम गर्न सकिन्छ ।

रोगको लक्षण के हो ?

सुरुको चरणमा यो रोगको लक्षण नदेखिन पनि सक्छ । यो रोगको लक्षण बिस्तारै देखिने गर्छ ।

सुरुवाति लक्षण

ढाड या खुट्टा कमजोर हुँदै जानु । हिँड्दा धङ्धङाउने वा भर्‍याङ चढ्न गाह्रो हुने ।

बोल्न अप्ठ्यारो हुँदै जाने र खाना खान पनि समस्या हुने ।

आफ्नो शरीरमाथिको नियन्त्रण गुम्दै जाने । समात्न गाह्रो हुने । कुनै पनि डब्बाको बिर्को खोल्न वा लुगाको बटन लगाउन असजिलो हुने ।
मांशपेसीमा समस्या देखिने ।

तौल घट्दै जाने । हात र खुट्टाका मांशपेसी बिस्तारै कमजोर बन्दै जाने ।

हाँसो तथा आँसुमा नियन्त्रण गर्न नसक्नु ।

कसलाई हुन सक्छ यो रोग ?

मोटर न्युरोन एक असाधारण रोग हो, जसले प्रायः गरी मानिसलाई ६० वा ७० वर्षको उमेरपछि आक्रमण गर्छ । तर अरु उमेरका मानिसलाई पनि यो रोग लाग्न सक्छ ।

यो रोगले मस्तिष्क र मांशपेसीमा समस्या ल्याउँछ । यस्तै शरीरका सेलमा समस्या उत्पन्न हुन्छ र बिस्तारै काम गर्न छोड्दै जान्छ ।

जसलाई मोटर न्युरोन वा योसँग सम्बन्धित समस्या फ्रन्टोटेम्परल डिमेन्सिया हुन्छ, उससँग नजिकको सम्बन्ध राख्ने व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।

रोग कसरी पत्ता लगाउने ?

सुरुवाति चरणमा यो रोग पत्ता लगाउन मुश्किल पर्छ । रोग पत्ता लगाउनका लागि

रगत परीक्षण

मस्तिष्क वा मेरुदण्डाको हड्डीको परीक्षण

मांशपेसी वा तन्तुमा इलेक्ट्रिकल गतिविधिको जाँच गर्ने सम्बन्धी परीक्षण

लम्पर पंक्चर गर्न सकिन्छ ।

उपचार

अक्युपेशनल थेरापी गर्ने विशेष क्लिनिक वा नर्सको आवश्यकता पर्छ । उनीहरुको सहयोगमा दैनिक जीवनलाई केही सजिलो बनाउन सकिन्छ ।

फिजियोथेरापी वा यस्तै खालका व्यायाम

स्पीच थेरापी र पोषणमा विशेष ख्याल गर्ने

रिलुजोल नाम औषधिको प्रयोग, जसले रोग बढ्ने गति कम गर्छ ।

भावनात्मक सहयोग र साथ

हकिङ्गसले यो रोगलाई कसरी जिते ?

एमीट्रोफिक ल्याटरल स्क्लेरोसिस एएलएस पनि भनिने यो रोग लागेका अधिकांश मानिस बढीमा पाँच वर्षसम्म जीवित रहने गरेका छन् ।

यो रोग लागेका पाँच प्रतिशत भन्दा कम मानिस मात्रै दुई दशक वा त्यो भन्दा बढी समय जीवित रहेका छन् । हकिङ्ग त्यस मध्ये एक हुन् ।

किङ्ग्स कलेज लण्डनका प्रोफेसर निगल लेगका अनुसार एएलएस रोग लागेका मध्ये सबैभन्दा धेरै बाँचेका व्यक्ति हुन्, हकिङ्ग । हकिङ्ग के कारणले लामो समय जीवित रहे भन्ने कुराको यकिन कुरा थाहा भएको छैन ।

तर उनले प्रयोग गरेको अटोमेटिक ह्वीलचेयर र बोल्नका लागि प्रयोग गरेको कम्प्युटराइज्ड भ्वाइस सेन्थेसाइडरले गर्दा लामो जीवन बाँच्न सफल भएको हुन सक्ने अनुमान गरिन्छ ।

स्रोत : बिबिसी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?