
भक्तपुर – मातातीर्थ औँशीको दिन मेला लाग्ने सूर्यविनायकको आमाथान यो वर्ष सुनसान भएको छ। कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउन गरेको बिहीबार एक महिना भइसकेको छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगिसेकेको छ।
सरकारले मानिसहरुको जमघट कम गर्न यो वर्ष पर्वहरु सामान्य तरिकाले मनाउन आग्रह गरेको छ। त्यसैले आमाको मुख हेर्ने औँशीको दिन मेला लाग्ने सूर्यविनायक गणेश मन्दिर नजिकको आमाथानमा यो वर्ष कोही पनि गएनन्।
आफ्नो आमा नभएकाहरु मातातिर्थ औँशीको दिन यो मन्दिरमा दर्शनको लागि जाने गर्दथे । यो वर्ष कोही पनि नआएको स्थानीय एक महिलाले बताइन्।