अनलाइन कक्षाको हाउगुजी

अनलाइन कक्षाको हाउगुजी
+
-

कोरोना भाइरसको महामारीले गर्दा देशभरीका शैक्षिक संस्था ठप्प भएपछि पछिल्लो समय विद्यालय तथा कलेजहरुले अनलाइन क्लास सुरु गर्दै नयाँ बाटो अपनाएका छन्। विदेशमा मात्र अनलाइन क्लासको अभ्यास हुन्छ भनेर थाहा पाएका हामी नेपालीले अहिले यसको प्रयोग गर्न पाएका छौँ।

केही दशकअघि फर्केर हेर्ने हो भने हामी अहिले जुन अवस्थामा छौँ- आफूलाई भाग्यमानी नै सोच्नुपर्छ। पहिले परेवाको खुट्टामा चिठ्ठी बाँधेर पठाउने गरिन्थ्यो, कसैलाई सन्देश दिन। तर समय कति बलवान छ, हामीले अहिले कोठाको एउटा कुनामा बसेर अध्ययन गर्न पाएका छौँ।

अहिलेको अवस्थामा अनलाइन क्लास लिन पाउनुलाई हामीले विज्ञान र प्रविधिको उपहार सम्झिनुपर्छ। समयको परिवर्तनसँगै अनलाइनमार्फत घरमै बसेर लकडाउनका बीच पनि विद्यार्थी र शिक्षकबीच सहज तरिकाले समन्वय हुनु साँच्नै नै स्वागतयोग्य छ।

तर केही कलेजहरुले अनलाइन क्लास सुरु गरे पनि कोरोना संक्रमणका कारण गत चैत ५ गते देखि बन्द भएका विद्यालयहरुले हालसम्म पनि नयाँ शैक्षिक सत्र सञ्चालन गरेका छैनन्। प्रविधिमैत्री वातावरणको अपर्याप्तताले गर्दा हाम्रो देशमा अनलाइन क्लास विवादित बन्न पुगेको छ।

विवादित नहोस् पनि कसरी?

म स्नातकोत्तर पहिलो सेमेस्टरमा अध्ययन गर्ने एक छात्रा हुँ। त्रिभुवन विश्वविद्यालयको निर्णय अनुसार वैशाख  १४ गतेदेखि अनलाइन क्लास सुरु भयो। लकडाउनका कारण गत चैत ५ गतेदेखि कलेज विदा भएपछि धेरैजसो साथीहरु आ–आफ्नो गाउँ गएका छन्। शिक्षकहरुले अनलाइन क्लासमा भएका हाजिरलाई मान्यता दिने भन्दै दबाब दिन थालेपछि जसोतसो इन्टरनेटको पहुँच हुने साथीहरु क्लासमा सामेल भइरहेका छन्। कतिपय साथीहरु यस्तो ठाउँमा छन्, जहाँ इन्टरनेटको पहुँच छैन। त्यहाँ मोबाइल डाटा कनेक्ट गर्दा पनि राम्रोसँग चल्दैन्।

आफूले अनलाइन क्लास लिइरहँदा म इन्टरनेटको पहुँच नभएर क्लास नलिनेहरुलाई सम्झन्छु। यदि इन्टरनेटको पहुँच नै भएपनि विकट जिल्लाका र समस्याका परेका विद्यार्थीहरुले अहिलेको अवस्थामा अनलाइन क्लास लिने आँट कसरी राख्लान्? के पहुँच भएकाले मात्र अनलाइन क्लास लिने होला त?

आफूले अनलाइन क्लास लिइरहँदा म इन्टरनेटको पहुँच नभएर क्लास नलिनेहरुलाई सम्झन्छु। यदि इन्टरनेटको पहुँच नै भएपनि विकट जिल्लाका र समस्याका परेका विद्यार्थीहरुले अहिलेको अवस्थामा अनलाइन क्लास लिने आँट कसरी राख्लान्? के पहुँच भएकाले मात्र अनलाइन क्लास लिने होला त?

शारीरिक अपाङ्गता भएका व्यक्तिहरु मुख्यतया: कान नसुन्ने र आँखा नदेख्नेलाई त झन् अनलाइन क्लास ‘आकाशको फल आँखा तरी मर’ जस्तै भएको छ।

मेरो आशय अनलाइन क्लास उपयुक्त छैन भन्ने होइन। व्यक्तिगत हिसाबले मेरा लागि अनलाइन क्लास उपयुक्त छ तर सबैका लागि मिल्ने गरी ठोस कदम चाल्न जरुरी छ।

अनलाइन क्लासका लागि उचित पूर्वाधारको विकास गर्न जरुरी छ। अपूर्ण तयारीबीच कक्षा सञ्चालनमा ल्याउनु हानिकारक हो जस्तो लाग्छ मलाई।

अनलाइन क्लास लिँदै गर्दा नेपालको सन्दर्भमा विद्यार्थीका साथसाथै शिक्षकहरुलाई पनि अनलाइन प्रणालीको बारेमा प्रशिक्षण आवश्यक रहेको देखेँ मैले। अनलाइन शिक्षाका लागि दक्ष शिक्षक, सक्षम विद्यार्थी र उपयुक्त भौतिक पूर्वाधार आवश्यक हुन्छ। शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असरले विद्यार्थीको भविष्यमात्र बिग्रँदैन, यसले समग्र राष्ट्रको संरचनालाई नै दीर्घकालीन असर गर्छ।

केही समयअघि पोखरा महानगरले नगरभित्रका सबै शैक्षिक संस्थालाई अनलाइन कक्षा सञ्चालन नगर्न निर्देशन दिएको थियो।

सम्पूर्ण विद्यार्थीहरुमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिना नै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी र अभिभावकहरुलाई मानसिक दबाब परेको भन्दै महानगरले यस्तो घोषणा गरेको थियो। त्यतिबेला सामाजिक सञ्जालमा पक्ष र विपक्षमा निकै नै बहस चलेको थियो।

एक हिसाबमा भन्ने हो भने यो तर्क सही छ जस्तो लाग्छ। आखिर अनलाइन क्लास लिन नपाउनेहरुलाई पक्कै पनि मानसिक तनाव त भएकै छ।

यस्तै १२ वर्षमुनिका बालबालिकालाई अनलाइन क्लासले कतिको फाइदा गर्ला त? प्रयोगात्मक विधिबाट सिक्ने उमेरका बालबालिकालाई कतिको उपयोगी होला त अनलाइन क्लास? सबै विद्यार्थी तथा अभिभावकको हात–हातमा स्मार्टफोन होला त? बिहानबेलुकी हातमुख जोर्न भौँतारिरहेका हामी नेपालीलाई अवश्य गाह्रो नै छ।

जेठ १५ गते बिहीबार आगामी आर्थिक वर्ष २०७७/८८ को बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पठनपाठनमा भएको अवरोधलाई दृष्टिगत गरी भर्चुअल कक्षा सञ्चालन, अनलाइन शिक्षा तथा टेलिभिजन एवम् रेडियोमार्फत नयाँ शैक्षिक वर्षको पठनपाठन अघि बढाइने भनेका छन्। यो कत्तिको सम्भव होला?

रेडियो र टिभीमार्फत एकतर्फी कक्षा सञ्चालन गर्दा कतिको प्रभावकारी होला? जसमा विद्यार्थीहरुले आफ्ना तर्क र जिज्ञासा प्रस्तुत गर्न पाउने छैनन्।

अन्तर्क्रिया बिनाको शिक्षा कतिको फलदायी होला? अझ अहिलेको अवस्थामा यो सुरु कहिले होला?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?