सेयर बजारमा भारी गिरावट, लाग्यो सर्किट ब्रेक

सेयर बजारमा भारी गिरावट, लाग्यो सर्किट ब्रेक
+
-

काठमाडौं – सेयर बजार परिसूचकमा भारी गिरावट आएको छ । सेयर बजार खुलेदेखि घट्न थालेको बजारमा नेप्से परिसूचकमा तीन प्रतिशत भन्दा बढीले गिरावट आएपछि सर्किट ब्रेक लागेको छ । नेप्से परिसूचक ३६ अंक भन्दा बढीले घटेको छ ।

१५ मिनेटका लागि सर्किट ब्रेक लागेको हो । यसपछि खुलेको बजारमा नेप्से सूचकमा चार प्रतिशत भन्दा बढी गिरावट आएमा ३० मिनेटका लागि सर्किट ब्रेक लाग्ने छ ।

र त्यसपछि पनि बजार घट्ने क्रम नरोकिएमा दिनको कारोबार बन्द हुनेछ । अर्थ मन्त्रीको अभिव्यक्तिपछि सेयर बजारमा गिरावट आएको हो ।

पहिलो सर्किट ब्रेकर लाग्दा सम्म ८७ कम्पनीको ४ करोड ९८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

के हो सर्किट ब्रेकर?


नेप्से कारोबार विनियमावली अनुसार सेयर कारोबार सुरु भएको १ घण्टामा नेप्से परिसूचक ३ प्रतिशत बढ्दा वा घट्दा सेयर कारोबार १५ मिनेट रोकिन्छ।

सर्किट ब्रेकर पछि वा कारोबार सुरु भएको २ घण्टामा परिसूचक ४ प्रतिशतले बढ्दा वा घट्दा कारोबार ३० मिनेट रोकिने गर्छ। परिसूचक ५ प्रतिशतले घट्दा वा बढ्दा सो दिनको कारोबार नै बन्द हुन्छ।

यो पनि पढ्नुहोस्

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

अर्थमन्त्री खतिवडाले भने: ‘अस्वभाविक रुपमा बढेको सेयर बजार करेक्सन भइरहेको छ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?