अयोध्या र भगवान रामबारे ओलीको टिप्पणीबाट भारत रुष्ट, भाजपाले गर्‍यो निन्दा

अयोध्या र भगवान रामबारे ओलीको टिप्पणीबाट भारत रुष्ट, भाजपाले गर्‍यो निन्दा
+
-

भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार वास्तविक अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली रहेको दाबी गरेका थिए

प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो।

भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भगवान रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘भगवान राम आस्थाको विषय हुन् हाम्रा लागि, यो आस्थामाथि खेल्न कसैलाई पनि दिइने छैन, नेपालका प्रधानमन्त्रीलाई पनि ।’

प्रधानमन्त्री ओलीले सोमबार भानुजयन्तीको अवसरमा बालुवाटारमा भएको कार्यक्रममा भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको तर भारतले सांस्कृतिक अतिक्रमण गरी अयोध्या भारतमा खडा गरेर रामलाई भारतीय बनाएको दाबी गरेका थिए ।

ओलीको अभिव्यक्तिको नेपालमै पनि आलोचना भइरहेका बेला भारतमा यसको तीव्र निन्दा भएको हो।

भारतीय समाचार संस्था पीटीआइले नेपालका प्रधानमन्त्री ओलीको भनाई आश्चर्यजनक र स्तब्ध पार्ने खालको रहेको उल्लेख गरेको छ ।

यो पनि पढ्नुहोस्

भारतले ‘नक्कली अयोध्या’खडा गर्‍यो, राम नेपाली हुन्- प्रधानमन्त्री ओली

भारतले ‘नक्कली अयोध्या’खडा गर्‍यो, राम नेपाली हुन्- प्रधानमन्त्री ओली

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?