
काठमाडौँ– विश्व हिन्दु परिषद्का महामन्त्री मिलिन्द पराण्डेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान्’ राम र आयोध्याको बारेमा गरेको टिप्पणी चीनको दवावमा आएको आरोप लगाएका छन्।
उनले एक भिडियो सन्देशमा नेपाल र भारतका हिन्दु समुदायबीच वाधा ल्याउने षड्यन्त्रका साथ उक्त अभिव्यक्ति आएको बताएका हुन्।
उनले भनेका छन्, ‘नेपालबाट राम र आयोध्याका बारेमा जुन अभिव्यक्ति आएको छ, त्यो चीनको दवावमा आएको हो। कम्युनिष्टद्वारा दुबै मित्रदेशका बिचमा अड्चन ल्याउने यो एउटा सूनियोजित प्रयास हो। भारतका र नेपालका हिन्दु समाजले यसको सशक्त विरोध गर्नुपर्छ।’
उनले नेपाल र भारतबीच प्राचिन धार्मिक तथा साँस्कृतिक सम्बन्ध रहेकाे भन्दै दुवै देशका हिन्दुहरु उक्त षड्यन्त्रमा नफस्ने बताएका छन्। साथै उनले भारतमा रहेका नेपालीहरु पूर्ण रुपमा सुरक्षित रहेको समेत बताएका छन्।