फोटो फिचर

उदयपुरगढी जाने बाटोमा नयाँ झरना भेटियाे!

उदयपुरगढी जाने बाटोमा नयाँ झरना भेटियाे!
+
-

काठमाडौँ – उदयपुरगढी जाने बाटोमा  नयाँ झरना फेला परेको छ। उदयपुरको सदरमुकाम गाइघाटबाट करीब २०/२५ किलो मिटरको दूरीमा मध्‍य पहाडी लोकमार्गमा उक्त झरना फेला परेको हो।

मदन भण्डारी लोकमार्ग नजिकै रहेको उक्त झरना स्थानीय गाउँलेहरु धुम्न जाँदा  पत्ता लगाएका हुन। उक्त झरनाको अहिलेसम्‍म नामाकरण नगरिएको स्थानीय श्रवण कुमार चौधरीले बताए। उनले भने, ‘ गाउँलेहरुले भर्खरै उक्त झरना फेला पारेका हुन्। मानिसहरु यहाँ घुम्‍न आउन थालेका छन्। तर नाम भने राखिएको छैन।’

उनले झरना निक्कै मनमोहक र मदनमण्डारी लोकमार्ग नजिक रहेकाले  पर्यटकीय गन्तव्‍यस्थल बन्‍ने बताए। उनले भने, ‘ राजमार्ग नजिकै झरना रहेकाले यहाँबाट हिँड्ने यात्रुहरुको अवलोकन र पर्यटकीय स्थलको रुपमा विकास गर्न सके नमूना गन्तव्य हुन्छ।’

उक्त झरना फेला परेपछि स्थानीयहरुले नजिकै होटल र पसलहरु बनाउन थालेका छन्। मानिसहरुको चहलपहल बढ्न थालेको छ भने अन्‍य गाउँका मानिसहरु समेत अवलोकन गर्न आउन थालेका छन्। उनीहरुले यहाँ दिनभर बिताउने र पवित्रताका लागि नुहाएर फर्किने गरेका छन्।

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?