गर्भवती नवीना लामा ‘दहीचिउरा’मा रमाउँदै छिन्, भन्छिन्-अबको एक वर्ष बच्चालाई मात्र

+
-

काठमाडौँ– तत्कालीन अनेरास्ववियु अध्यक्ष तथा हाल सांसद नविना लामा हिजोआज निकै खुशी देखिनछिन् । खुशीसँगै उनमा केही चिन्ता बढेको छ। हुन त यस्तो अवस्थामा हरेक महिला खुशी र चिन्तित हुन्छन् नै।  सांसद भएपछि उनले अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रेमी प्रवीण श्रेष्ठसँग २०७५ वैशाख १३ मा विवाह गरेकी थिइन्।

लामो समयको प्रेमपछि दुवैले विवाह गरेका थिए, अहिले नविना आमा बन्दै छिन्। डाक्टरले उनलाई भदौ महिनाको अन्तिम सातालाई समय दिएका छन् । त्यसैले अहिले उनी आफ्नो अवस्थालाई ख्याल गर्दै आराम गर्छिन्, अस्पतालमा फलोअप गर्छिन्, उनको दिन यसरी नै बितिरहेका छन्।

नविनालाई तत्काल सांसद भवन जान परेको छैन। तर बजेट भाषण तथा संसद चल्दा आफू संसद भवन पुगेको उनले बताइन्। महिला नेतृहरुले यस्तो अवस्थामा नगए पनि हुन्छ, तर पनि आरामको समय मिलाएर उनी संसद भवन जाने गरेकी छन्।


‘म संसदमा गए पनि सचेत हुने गर्दथेँ। किनकी कोरोना भाइरस आइसकेको थियो,’ नविना भन्छिन्, ‘अब अहिले त संसद छैन। आफू यस्तो अवस्थामा हुँदा कोही भेट्न आउँदा छुटै किसिमको अनुभव हुँदो रहेछ, खुशी लाग्ने रहेछ।’

नविना आफू राजनीतिमा लागेको कारण समयले नभ्याएर धेरै साथीहरु आमा बन्दा भेट्न जान पाएकी थिइनन्। तर उनका साथीहरु उनी गर्भवती भएको थाहा पाएर भेट्न आउँदा पनि दही चिउरा खुवाउँछन्। यसले उनलाई छुट्टै महत्वपूर्ण भाव महसुस गराउँछ।

आफू गर्भवती भएपछि र सन्तान जन्मने दिन बिस्तारै नजिक आउँदै गर्दा विभिन्न परिस्थिति उनले सामना गरिरहेकी छन्।

‘अघिपछिको अवस्था भन्दा केही फरक सोच त आउँछ । सामान्य केही हुदा पनि ठूलै केही भयो कि भन्ने पनि हुन्छ,’ उनले भनिन्, ‘अब शारीरिक हिसाबले त धेरै कुराहरु अफ्ठेरो त हुन्छ । बस्न, सुत्न देखि धेरै कुरामा अफ्ठेरो हुदो रहेछ। मानसिक रुपमा पनि विभिन्न खाले कुराहरु पनि आउँछ । तर पनि म कसरी सफल र सहज रुपमा बच्चालाई जन्म दिने भनेर सकारात्मक सोचलाई नै बढी हाबी गराइरहेको हुन्छु ।’

संसदमा भेट हुँदा सिनियर नेताहरुले हाल खबर सोध्छन्। ‘बामदेव गौतम कमरेडले फोन गरेर नै हाल खबर के कस्तो छ अवस्था भनेर सोध्नु भएको थियो । अध्यक्ष ज्यूहरु त व्यस्त पनि हुनुहन्छ होला । त्यसैले पनि उहाँहरुले त्यस्तो सोध्न नभ्याउनु भएको होला,’ उनले भनिन्, ‘बच्चालाई जन्म दिएपछि एक वर्ष बच्चालाई नै समय दिने योजना छ।’ तर राजनीतिलाई निरन्तरता दिने उनले सोचेकी छन्।

सबै तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?