ललितपुरको विजयी सुरुवात

ललितपुरको  विजयी  सुरुवात
+
-

काठमाडौं-सोमबारदेखि काठमाडौंमा सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा ललितपुरले विजयी सुरुवात गरेको छ। प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरले काठमाडौं किङ्स इलेभेनलाई सात विकेटले हरायो।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको काठमाडौं किङ्सले १८.३ ओभरमा सबै विकेट गुमाएर ८९ रनमात्र जोड्न सक्यो। काठमाडौंलाई सस्तोमा समेट्न सुबोध भाटीले चार , ललित राजबंशीले र महबुब आलमले दुई विकेट लिए।

काठमाडौंका लागि अमित श्रेष्ठले २७, अक्सु फर्नान्डोले १५ र सोमपाल कामीले १४ रनको योगदान गरे । भारतिय खेलाडी सुबोधले ३.३ ओभरमा १४र ललितले चार ओभरमा १४ रन खर्चिए ।

ललितपुरले १६.४ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। ललितपुरको जितमा प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर जयकिशन कोल्सावालाले अविजित ४४ रन बनाए।

कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे। राजविर सिंह १४ रनमा अविजित रहे। भारतीय खेलाडी कोल्सवालाले ४८ बलमा दुई छक्का र चार चौका हिर्काए।

प्रारम्भिक ब्याट्सम्यान पवन सर्राफलाई व्‍यक्तिगत शुन्य रनमा गुमाएको ललितपुरले दोस्रो विकेटका लागि ५४ र चौथो विकेटका लागि अविजित २६ रनको साझेदारी गर्‍यो।

कसिलो बलिङ गरेका ललितपुरका ललित राजबंशी प्लेयर अफ दी म्याच घोषित भए। प्रतियोगितामा ६ टोली सहभागि छन्। प्रतियोगिताअन्तर्गत मंगलबार हुने खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने छ।

यो पनि हेर्नुहोस्:

काठमाडौं किङ्स ८९ रनमा सीमित

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?