अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या विगतको भन्दा अत्याधिक

अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या विगतको भन्दा अत्याधिक
+
-

अमेरिकामा यसपटक मतदाताहरुमा उत्साह विगतका चुनावमा भन्दा अत्याधिक रहेको देखिएको छ । अमेरिकाका अधिकांश राज्यका निर्वाचन अधिकारीहरुले अग्रिम मतदान गर्नेको संख्या कीर्तिमानी रहेको बताएका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित सिनेट र हाउस अफ रिप्रिजेनटेटिभका लागि चुनाव हुँदैछ । त्यसका लागि सबै राज्यमा अग्रिम मतदानका लागि सीमित मतदान स्थलहरु खुला भएका छन् ।

प्रायः सबै राज्यमा अग्रिम मतदान गर्नेको संख्या विगतका चुनावमा भन्दा अत्याधिक पुगिसकेको छ । कतिपय स्थानमा विगतका चुनावमा हुने गरेको मतदान भन्दा धेरै मत अहिले नै खसिसकेको छ । मतदाताहरुले लामो लाइन सबेर घण्टौँ कुरी मत दिएका छन् ।

शुक्रबारसम्म दुई करोड २० लाख भन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन् । उनीहरुले मतदान स्थलमै गएर वा हुलाक मार्फत मत दिएका हुन् । सन् २०१६ मा यो बेला मात्रै ६० लाख मतदानले मत दिएका थिए ।

कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गर्नेको संख्या अत्याधिक भएको विज्ञले बताएका छन् । चुनावकै दिन मतदान गर्नुको विकल्प अधिकांशले खोजेका कारण अग्रिम मत दिनको संख्या बढी भएको उनीहरुको भनाई छ ।

हुलाक मार्फत हुने मतदानमा कडाइ गरेको टेक्सासमा गएको मंगलबार अग्रिम मतदान सुरु भएको थियो, सोही दिन कीर्तिमानी मतदातले भोट खसाले ।

यस्तै गएको सोमबार जर्जिया राज्यमा पनि कीर्तिमानी संख्यामा मतदान भयो ।

राष्ट्रपति चुनावमा महत्वपूर्ण राज्य ओहायोमा २३ लाख भन्दा बढीले हुलाक मार्फत मतदान गरेका छन्, जुन सन् २०१६ को भन्दा दोब्बर हो ।

विशेष गरी डेमोक्र्याट, महिला तथा अफ्रिकन अमेरिकनले अग्रिम मतदान गरेका छन् । तर यसको अर्थ चुनावमा डेमोक्र्याट विजयी हुने निश्चित भन्ने होइन । रिपब्लिकनहरु चुनावकै दिन ठूलो संख्यामा मतदानस्थलमा उपस्थित हुने अनुमान छ ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा छन् । उनलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेन ट्रम्प भन्दा अघि रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?