चाडपर्वलाई लक्षित गरी महोत्तरीमा पाँच सयभन्दा बढी प्रहरी परिचालन

चाडपर्वलाई लक्षित गरी महोत्तरीमा पाँच सयभन्दा बढी प्रहरी परिचालन
+
-

जनकपुरधाम– चाडपर्वलाई लक्षित गर्दै महोत्तरीमा थप पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ। दसैँदेखि छठ पर्वसम्मको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीले विशेष सुरक्षा योजना तयार गरेको महोत्तरीका प्रहरी प्रमुख टिकाबहादुर केसीले जानकारी दिए।

‘चाडपर्वको समयमा हुनसक्ने सम्भावित घटनाहरुलाई न्यूनिकरण तथा रोकथाम गर्ने उदेश्यले बडा दसैँ, तिहार तथा छठ जस्ता ठूला चाडपर्वहरुलाई लक्षित गर्दै आजदेखि नै छठ पर्व समापन नहुन्जेलसम्मको लागि विशेष सुरक्षा योजना तयार गरी लागू गरिएको हो’, प्रहरी उपरीक्षक केसीले भने।

सम्भावित घटनाहरुलाई न्यूनिकरण तथा रोकथाम गर्न जिल्लाभर पिकेट, गाडी मोबाइल, मोटरसाइकल गस्ती, क्वीक रिस्पोन्स टीम, पैदल गस्ती, राजमार्ग गस्ती, घुम्ती चेकजाँच, आकस्मिक चेकजाँच, धार्मिकस्थल, मुख्य बजार तथा आर्थिक कारोबार बढी हुने बैंक, वित्तिय संस्थाहरु रहेका स्थान, यात्रु सहायता कक्ष लगायत भैपरी आउने अन्य सुरक्षा चुनौतीहरुलाई परास्त गर्ने गरी विशेष सुरक्षा योजना लागु गरिएको उनले बताए।

चाडपर्वको समय कनैपनि घटना, दुर्घटना घटेमा छिटो घटनास्थल पुगि प्रहरी सेवा उपलब्ध गराउनको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी, इलाका प्रहरी कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय गौशालाबाट जिल्लाभर परिचालित हुने गरी कुल ५७ वटा क्वीक रिस्पोन्स टीम र मोटरसाइकल गस्ती टोली परिचालन गरिएको महोत्तरी प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?