डम्पिङ साइडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा

डम्पिङ साइडका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोखिममा
+
-

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ। पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ। तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइडका कारण विमानस्थल जोखिममा परेकोतर्फ भने कसैको ध्यान जान सकेको छैन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पूरा भइसकेको छ। विमानस्थल निर्माण हुँदै गर्दा यहाँबाट हुने हवाई उडानलाई सुरक्षित बनाउन विभिन्न कामहरु गरिएका छन्। तर पोखरा महानगरपालिका वडा नं. १४ बाच्छेबडुवामा रहेको डम्पिङ साइडबाट हुने जोखिममा भने खासै ध्यान दिइएको छैन।

अन्तर्राष्ट्रिय मान्यता अनुसार विमानस्थलबाट ५ किलोमिटरभित्र डम्पिङ साइड हुनु हुँदैन। तर यो डम्पिङ साइड पाँच किलोमिटर भित्रै पर्छ। विमानस्थलबाट डम्पिङ साइड नजिक हुँदा चिल, गिद्ध लगायत कुनैपनि चराचुरुङुगीबाट हवाई उडान जोखिममा पर्न सक्छ। त्यसैले पनि यो ठाउँबाट डम्पिङ साइड हटाउनुपर्ने देखिन्छ।

पोखरा विमानस्थलका प्रमुख भोला गुरागाईंले डम्पिङ साइड हटाउनेभन्दा पनि विमानस्थल वरिपरी चराचुरुङ्गीको व्यवस्थापन गर्न बर्ड स्केरिङ डिभाइसहरु राखिने बताए।

विमानस्थलबाट नजिकै डम्पिङ साइड रहेकाले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानलाई जोखिममा पार्ने निश्चित छ। पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीले विमानस्थललाई खतरामुक्त बनाउनको लागि नयाँ डम्पिङ क्षेत्रको खोजिमा रहेको बताए। हाल बाच्छेडाँडाँमा रहेको डम्पिङ साइडको विकल्पमा माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा बनाउने योजना रहेको पनि उनले बताए।

यसैपनि पोखरामा आगन्तुक चराहरुको चहलपहल बढी हुने गर्छ। तर फोहोरको थुप्रोमा विभिन्न किसिमका चराचुरुङ्गी रहने र तिनले विमानस्थल आसपासमा जोखिम बढाउने भएकाले त्यसको व्यवस्थापनका लागि हाल रहेको डम्पिङ साइडलाई तत्काल हटाउनु पर्ने देखिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?