भक्तजनहरुले बाहिरबाटै दर्शन गर्छन् देवी मन्दिरहरु!

+
-

काठमाडौँ– हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैँ तथा नवरात्रको तेस्रो दिन आज देवी मन्दिर तथा शक्तिपीठहरुमा माता चन्द्रघन्टाको पूजा आराधना गरिन्छ।

अवस्था सामान्य हुन्थ्यो त आज मन्दिरहरुमा पूजाआजाका लागि भक्तजनहरुलाई भ्याई नभ्याई हुने गर्दथ्यो। तर कोरोना भाइरस महामारीका कारण सधैँजसो भीडभाड हुने मन्दिरहरु पनि आज सुनसान छन्।

सरकारले यसअघि नै कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ।

तरपनि केही मानिसहरु भने कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन्।

राजधानीस्थित संकटा मन्दिरमा पूजाआजा गर्न आएका स्वयम्भूका संगीता राना र उनकी आमा नीताले मास्क र स्यानिटाइजर प्रयोग गरी सामाजिक दूरी कायम गर्दै पूजा गर्न आएको बताए।

उनीहरुले मन्दिर बाहिरबाट नै आफूले पूजा गर्न ल्याएको पुजा सामग्रीहरु पुजारीलाई दिएर बाहिरबाटै दर्शन गरेका थिए।

संगिता भन्छिन्, ‘काठमाडौँमा नवरात्रीको समयमा मन्दिरहरु यति सुनसान त कहिल्यै पनि देखेको थिइनँ। अघिल्ला वर्षहरुमा त घन्टौँसम्म लाइनमा बस्नु पर्थ्यो। अहिले त लाइन पनि बस्नु पर्दैन। बाहिरैबाटै दर्शन गरेर फर्कियौँ।’

ग्रह दशाा नलागोस् भनेर संकटा दर्शन गर्न आएका आमाछोरीले संकटा आउनुअघि ज्ञानेश्वर भैरव, भाटभटेनी, महांकालमा दर्शन गरिसकेका थिए।

संगिता थप्छिन्, ‘जुन मन्दिरमा गएपनि आज त खासै भीडभाड थिएन, कोरोना भाइरस संक्रमणको डरले गर्दा पनि होला मानिसहरु घरबाहिर ननिस्केको।’

नक्सालस्थित भगवतीबहाल मन्दिरका पूजारी खगेन्द्र निरौलाले पनि मन्दिर सुनसान भएको बताए। बाह्र वर्ष अघिदेखि यहाँ पूजाआजा गर्दै आएका निरौलाले पहिलो पटक यस्तो अवस्था आएको बताए।

उनले थपे, ‘परिस्थिति अनुकुल नभएका कारण यसपालि पूजाआजा हुन सकेन।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?