
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक मंगलबार बस्ने भएको छ।
मंगलबार अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको एक मन्त्रीले जानकारी दिए।
सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि बसेको थिएन।
ती मन्त्रीका अनुसार कोरोना संक्रमणको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णयमा सबैतर्फबाट आलोचना व्यहोरिरहेको सरकारले मंगलबारको बैठकमा यो निर्णयबाट हात झिक्ने सम्भावना रहेको छ।
कोरोना संक्रमितको उपचार खर्च संक्रमितले आफैँ व्यहोर्नुपर्ने निर्णयका कारण ओली सरकार प्रतिपक्षी र सर्वसाधारणमाझ मात्र होइन, आफ्नै पार्टीभित्र पनि आलोचित बनेको छ।