साझा पार्टीले सोध्योः प्रधानमन्त्री र खुफिया प्रमुखको हैसियत एउटै भएको हो?

साझा पार्टीले सोध्योः प्रधानमन्त्री र खुफिया प्रमुखको हैसियत एउटै भएको हो?
+
-

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादा बिर्सेर भेटेको विषयमा साझा पार्टीले आपत्ति जनाएको छ।

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विज्ञप्ति जारी गर्दै कूटनीतिक मर्यादाविपरीत भएको भेटबारे तत्काल जवाफ दिन माग गरेका हुन्।

गोयलले बुधबार राति ओलीलाई बालुवाटारमा भेटेका थिए। ‘के रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन्? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्’, पाठकले भनेका छन्।

साझा पार्टीले खुफिया एजेन्सी प्रमुखलाई नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत मिलेको दाबी गरेको छ।

पाठकले प्रधानमन्त्रीबाटै नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको भन्दै आपत्ति जनाएको छ।

साझाले भनेको छ, ‘के रअका प्रमुख उनको नेपाली समकक्षी नेपालको गुप्तचर निकायका प्रमुखको निमन्त्रणामा आएका हुन्? के त्यसरी आउँदा उनले प्रधानमन्त्रीसँग ‘शिष्टाचार भेट’ गरेका हुन्? यदि हुन् भने त्यो पनि प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस् होइन भने, देशको प्रधानमन्त्रीको मर्यादाको ख्याल भयो कि भएन?’

साझाले भारतले औपचारिक पत्रको जवाफ नदिएको अवस्थामा खुफिया प्रमुखलाई प्रधानमन्त्रीसँग भेट्न पठाउनुलाई नेपालको कूटनीतिक स्तर गिरेको रुपमा बुझ्नुपर्ने ठहर गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?