
दाङ – दाङमा दुई वटा बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ ।
काठमाडौँबाट घोराही आउँदै गरेको ना ८ ख ११६४ नम्बरको बस र तुलसीपुरबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ३९५ नम्बरको बस घोराही उपमहानगरपालिका वडा नम्बर ३ मुसोट नजिक घुम्तीमा ठोक्किँदा दुर्घटना भएको हो ।
यो दुर्घटनामा मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बस दुर्घटना हुँदा सवारी आवागमन अवरुद्ध भएको छ।
दुर्घटनामा परेको बस हटाउन ट्राफिक प्रहरी घटनास्थलमा पुगेका छन्।