यात्रु नपाउँदा बसमार्कमै थन्किए सवारीसाधन

यात्रु नपाउँदा बसमार्कमै थन्किए सवारीसाधन
+
-

डडेल्धुरा– विगत वर्षमा चाडवाड मनाउन घर जानेको भीड हुने डडेल्धुरा बसपार्कमा यतिबेला सवारीसाधन भरिभराउ छन् तर यात्रु छैनन्।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण ६ महिनासम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्कमै थन्किएका छन्।

विगत वर्षमा दसैँको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाँडा लगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौँसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरेपनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ।

कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भीडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरेपनि भीडभाड हुने दसैँको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताए।

विगत वर्षमा जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरेपनि यस वर्ष दैनिक ५० देखि ६० सवारीसाधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो।

ट्राफिक प्रहरीले चाडवाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यक रूपमा दुःख दिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख देवबहादुर खत्रीले बताए।

उनले भने, ‘यात्रुहरूको सहजताका लागि जिल्लाका तीन स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?