मुकेश चौरसिया हत्या प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेसको माग

मुकेश चौरसिया हत्या प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेसको माग
+
-

काठमाडौँ– नेपाली कांग्रेसले पर्साको विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

प्रहरीले दोषीमाथि कारबाही गर्नुको साटो पीडित पक्षको जाहेरीसमेत नलिएको र मृतकको शव अझैपनि अस्पतालमै रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ।

सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबीच असोज ६ गते झडप भएको थियो। उक्त झडपमा घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो।

‘घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व हो। तर तीन दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

नागरिकको जीवन रक्षा गर्नु राज्यको कर्तव्य भए पनि नेकपा सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बनेको कांग्रेसको आरोप छ। प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्न छ, ‘नेकपाकै कार्यकर्ताको हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानुनी राज्यको कस्तो अपेक्षा राखौँ?’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?