एकापसमा दही छ्यापाछ्याप गरी मनाइने दहीजात्रा यस वर्ष नहुने

एकापसमा दही छ्यापाछ्याप गरी मनाइने दहीजात्रा यस वर्ष नहुने
+
-

चाैतारा– सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादसैँको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ।

एकापसमा दही छ्यापाछ्याप गरी परम्परागत रुपमा मनाइँदै आएको दहीजात्रा कोभिड–१९ महामारीका कारण बन्द गर्नुपरेको जनाइएको छ।

गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठका अनुसार नेपालको त्यहाँ मात्र लाग्ने दहीजात्रामा पालिकाले गत वर्ष चार लाख रुपैयाँको दही खरीद गरेको थियो। दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि मन्दिर पनि बन्द गरिएको छ।

त्यसैगरी हेलम्बु गाउँपालिका, पाल्चोकस्थित पाल्चोकी भगवती अर्थात् जयवागेश्वरी मन्दिर पनि दैनिक नित्य पूजाबाहेक सर्वसाधारणका लागि बन्द गरिएको पालिकाले जनाएको छ।

नेपाल–चीन सिमानामा पर्ने भोटेकोशी गाउँपालिका–१ लिस्तीस्थित उग्रचण्डी भगवतीको मन्दिर नित्यपूजा र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई सोही वडाबासीका लागि मात्र खुला गर्ने निर्णय भएपनि टाढा–टाढादेखि बस रिजर्भ गरी भक्तजनको घुइँचो लाग्न थालेपछि सुरक्षा तथा भीड नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय बाह्रबीसेलाई आग्रह गरिएको वडाध्यक्ष मुके शेर्पाले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?