प्रहरीले फोड्यो जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताल्चा

प्रहरीले फोड्यो जानकी मेडिकल कलेजमा कर्मचारीले लगाएको ताल्चा
+
-

जनकपुरधाम– बाँकी तलब तथा संचय कोषको रकम नदिएको भन्दै जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले प्रशासन शाखामा लगाएको ताल्चा प्रहरीले फोडेको छ।

एक महिनादेखि धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारीहरुले गत ८ महिनादेखि बाँकी रहेको तलब र ६ वर्षको संचय रकम माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी असोज १२ गतेदेखि कलेज परिसरमै धर्ना दिँदै आएका थियो।

बुधबार आन्दोलनरत कर्मचारीहरुले लगाएको ताला प्रहरीले तोडेको छ। तर लामो समयदेखि आन्दोलनरत कर्मचारीको मागमा भने कलेज व्यवस्थापनले कुनै चासो देखाएकाे छैन।

गत भदौ ३० गते कलेज व्यवस्थापक र आन्दोलनरत उमेश यादवबीच असोज ४ गतेसम्म लेखापाल राखि बक्यौता रकमबारे खर्च हिसाब सार्वजनिक गर्ने र असोज ३० सम्म दसैँ खर्च, संचय कोष र तलब लगायतकाे सम्पूर्ण रकम भुक्तानी गर्ने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रको रोहबरमा सम्झौता भएको थियो।

यसभन्दा पहिले पनि पटक–पटक कर्मचारी र कलेज व्यवस्थापकबीच सहमति भएपनि कार्यान्वयन हुन सकेको छैन। पछिल्लो पटक जिल्ला प्रहरीमा सहमति भएपछि तालाबन्दी खोलिए पनि कलेज व्यवस्थापकले सम्झौता अनुसार बक्यौता खर्च हिसाब सार्वजनिक नगरेपछि उमेश यादवको संयोजकत्वमा कर्मचारीका तर्फबाट कर्मचारी हकहित संरक्षण समिति गठन गरी गत असोज १२ गतेदेखि धर्नामा बसेका छन्।

पीडित ४० जना कर्मचारी नियमित रुपमा कलेज प्रशासनिक कार्य अवरुद्ध गरी धर्नामा बस्दै आएका छन्। कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुको साटो उनीहरुलाई निलम्बन र स्पष्टिकरणसहितका कारबाही प्रक्रिया अघि बढाएको छ।

दसैँ अवधिभर कलेज व्यवस्थापकले आन्दोलनरत कर्मचारीमध्ये कुलदिप साह, जयकुमार यादव, राजनारायण यादव र अञ्जु पटेल लगायतका कर्मचारीलाई कारबाही स्वरुप निलम्बन गरेको गरेको संयोजक यादवले बताए। संयोजक यादवले आफूहरुको माग पूरा गराउन कात्तिक १६ गतेदेखि आकस्मिक सेवासमेत बन्द गरेर आमरण अनसनमा बस्ने चेतावनी दिएका छन्।

यता कर्मचारीहरुको बक्यौता रकम दिने सहमति भएपछि कारबाहीमा परेका कर्मचारीहरु आन्दोलनमा रहेको कलेजका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत दयानन्द झाले दावी गरे।

कर्मचारीहरुको ६ वर्षको दसैँ पेश्की, ८ महिनाको तलब, ६ वर्षदेखिको संचय कोष लगायतका रकम बाँकी रहेको जनाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?