चोरीको आरोपमा वडाध्यक्षबाट मरणासन्न हुनेगरी कुटिए युवक

चोरीको आरोपमा वडाध्यक्षबाट मरणासन्न हुनेगरी कुटिए युवक
+
-

जनकपुरधाम– चोरीको आशंकामा जनप्रतिनिधिबाटै एक युवक मरणासन्न हुनेगरी कुटिएका छन्। सर्लाहीमा मेला हेर्न गएका एक युवकलाई वडाध्यक्षले नै चोरीको आशंकामा मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ।

सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. ९ मा स्थानीयहरु रामचन्द्र सुडी र भरत महतो सुडीसँगै वडाध्यक्ष अमिरिलाल साहले गत सोमबार राति मेला हेर्न गएका सोही स्थानका एक युवकलाई कुटपिट गरेको दलित अगुवा पच्चु माझीले बताए।

चोरीको आशंकामा १९ वर्षीय युवक गोविन्द माझीलाई हात खुट्टा बाँधेर अशोकको रुखमा झुण्ड्याएर कुटपिट गरेको र करेन्टसमेत लगाइएको माझीले बताए।

सोमबार राति दुर्गा मेलामा नाच हेर्न गएका ती युवकलाई नाच भइरहेको स्थानको छेउमै रहेको स्थानीय सुरेश महतोको खेतमा शौच गरिरहेको अवस्थामा उनका छोरा गौरी महतोले देखेपछि चोर भन्दै समातेर गरेर कुटपिट गरेका थिए।

वडाध्यक्ष साहले गाउँका अधिकांश पुरुषहरु नाच हेर्न घर बाहिर गएको समयमा ती युवक स्थानीय सुरेश महतोको घरमा चोरी गर्ने मनसायले प्रवेश गरिरहेको अवस्थामा पक्राउ परेकोले स्थानीयहरुले कुटपिट गरेको दावी गरे।

आफ्नो वडामा विगत ३ महिनाको अवधिमा १४ वटा चोरीका घटनाहरु घटेको र सोही क्रममा ती युवकलाई समातेको उनको दाबी छ। कुटपिटपछि  गोविन्दको अवस्था गम्भीर रहेको र बयलबाँसस्थित पोलिक्लिनिकमा उपचार भइरहेको छ।

यता जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले युवकलाई कुटिपिट गरिएको र बाँकी कुरा अनुसन्धानपछि खुल्ने बताए।

उनले भने, ‘कुनैपनि आरोपमा कसैलाई कानुन हातमा लिएर कुटपिट गर्नु गलत हो। मंगलबार जिल्ला प्रहरी कार्यालयमा वडाध्यक्ष सहितका व्यक्तिले ती युवकलाई ल्याएका थिए। हामीले घाइते युवकलाई उपचारका लागि पठाइदिएका थियौँ।’

यसैबीच पीडक र पीडीत दुवै पक्षबाट निवेदन परेको उनले बताए। दोषी जो कोही भएपनि कानुन बमोजिम कारवाही हुने प्रहरी उपरीक्षक राठौरले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?