ममाथि सांघातिक हमला भयो: हिरालाल यादव

ममाथि सांघातिक हमला भयो: हिरालाल यादव
+
-
दाङ– यादव समाज सेवा संघका केन्द्रीय अध्यक्ष हिरालाल यादवले आफूमाथि आक्रमण भएको बताएका छन्।
कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका यादवले दशैंको टिकाको दिन दुर्गापूजाको विसर्जन गर्ने क्रममा भएको विवाद समाधानको प्रयास गर्ने क्रममा आफूमाथि धन्यराज यादव सहितको समूहले आक्रमण गरेर घाइते बनाएको आरोप लगाएका हुन्।
यादवले विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य बुझ्न अनुरोध गरेका छन्। ‘दुर्गापूजा विसर्जनका क्रममा दुर्गाको पट्टीको बिषयले विवाद सिर्जना गरेको हो’, यादवले विज्ञप्तिमा भनेका छन्, ‘त्यही बिषयलाई लिएर धन्यराज यादव सहितको समूहले ओमकार यादवलाई गालीगलौच र हातपात गरेपछि विवाद बढेको हो।’
धन्यराज यादवका काका नाता पर्ने लगायतका व्यक्तिले सार्वजनिक बाटो नजिक सञ्जयकुमार यादवलाई कुटपिट गरिरहेको अवस्थामा आफू त्यहाँ पुग्दा आफूमाथि समेत आक्रमण भएको हिरालालले दाबी गरेका छन्।
‘झडप भइरहेको अवस्थामा शान्त पार्न सकिन्छ कि भनेर पुगेँ। उल्टै ममाथि ज्यान मार्ने उद्देश्यले आक्रमण भयो’, यादवले भनेका छन्, ‘पछाडिबाट ढुंगाले आक्रमण गरेपछि गहिरो चोट लाग्यो। अहिले अस्पतालमा भर्ना भएर उपचार चलिरहेको छ।’
यता धन्यराज यादवले भने आफ्नो दाइको छोरीलाई दुर्व्यवहार गरेपछि विवाद भएको दावी गर्दै आएका छन्। हिरालाल यादव पक्षको समूहले आक्रमण गर्दा घटना भएको उनीहरुको दाबी छ।  दुवै पक्षले इलाका प्रहरी कार्यालय गढवामा जाहेरी दिएका छन्।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?