
विष्णु तिवारी
कात्तिक १५, २०७७

अ
+
अ
अ
-
समृद्धि गाउँमा भोकाएर मर्यो
समृद्धि शहरमा रोगाएर मर्यो ।।
नेताका जीवन बिलासी देख्दा
गणतन्त्र व्यर्थै रगत बगाएर मर्यो ।।
साँवा अक्षर चिनेकै भरमा
चतुरेले झण्डा फहराएर मर्यो ।।
नक्सा च्यापेरै मन बुझाऊँ अब
जग्गा फिर्ता लिन डराएर मर्यो ।।
देशमै रोजगार खुल्यो भन्नेलाई
बाकसबाटै ऐना देखाएर मर्यो ।।

