पत्रकार कुट्ने जनकपुरधामका मेयरविरुद्ध मुद्दा दर्ता

पत्रकार कुट्ने जनकपुरधामका मेयरविरुद्ध मुद्दा दर्ता
+
-

जनकपुरधाम– पत्रकार कुटपिट प्रकरणमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहसहित दुईजना विरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दर्ता भएको छ।

गत वर्ष पुस २२ गते मेयरको कार्यकक्षमा उनकै उपस्थितिमा पत्रकारहरु कुटिएको विषयलाई लिएर तीन जना पत्रकारले संयुक्त रुपमा मुद्दा दर्ता गराएका छन्।

कान्तिपुर टिभीका प्रदेश २ संयोजकसमेत रहेका नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्र, कान्तिपुर टिभीका अमरकान्त ठाकुर र एपी वान टिभीका प्रदेश संयोजक विकास साहले संयुक्त रुपमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह र उपमहानगरपालिकाकै सवारी चालक गंगा मण्डलविरुद्ध जिल्ला अदालतमा गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका छन्।

गत पुस २२ गते कान्तिपुर टिभीका पत्रकार अमरकान्त ठाकुर, एपी वान टिभीका पत्रकार विकास साह लगायतका पत्रकारहरु जानकी मन्दिरको फूलबारीको सम्बन्धमा प्रतिक्रिया लिन पुग्दा उनको कार्यकक्षमै कुटपिट भएको थियो।

नगर प्रमुख साहबिरुद्ध लागेको मुद्दामा दोषी साबित भए उनलाई दुई वर्षको जेल सजाय वा २० हजार रुपैयाँ जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?