गिलगित–बल्तिस्तानबारे इमरानकाे घाेषणाप्रति भारतकाे आक्राेश

गिलगित–बल्तिस्तानबारे इमरानकाे घाेषणाप्रति भारतकाे आक्राेश
+
-

भारतले गिलगित–बल्तिस्तानलाई लिएर पास्कितानी प्रधानमन्त्री इमरान खानको पछिल्लो घोषणाको विरोध गरेको छ।

प्रधानमन्त्री खानले गिलगित–बल्तिस्तानलाई प्रान्तको रुपमा अस्थायी मान्यता प्रदान गर्ने घोषणा गरेपछि भारत रुष्ट भएको हो।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले गिलगित–बल्तिस्तान भारतीय क्षेत्र रहेको दाबी गर्दै त्यहाँ गैरकानूनी तथा जबरजस्ती भौतिक परिवर्तन गर्ने पाकिस्तान सरकारको प्रयास अस्वीकार गर्ने बताए।

उनले भनेका छन्, ‘गिलगित–बल्तिस्तान क्षेत्र कानूनी रुपमा र सन् १९४७ को सम्झौता अनुसार भारतको केन्द्र शासित प्रदेश जम्मू–कश्मीरको अभिन्न क्षेत्र हो। भारतीय क्षेत्रको अवस्था परिवर्तन गर्नुको साटो हामी पाकिस्तानसँग अवैध रुपमा कब्जा गरेको क्षेत्र तत्काल छोड्न अपिल गर्छौँ।’

यसअघि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गिलगित–बल्तिस्तानलाई प्रान्तको अस्थायी मान्यता दिने निर्णय आफ्नो सरकारले गरेको बताउँदै भनेका थिए, ‘संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्तावलाई ध्यानमा राखेर यो निर्णय गरिएको हो।’

खानले आइतबार गिलगित–बल्तिस्तानको ७३ औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित स्वतन्त्रता परेड समारोहमा सम्बोधन गर्दै सरकारी निर्णयको घोषणा गरेका थिए।

पाकिस्तान सरकारले गिलगित बल्तिस्तानका बासिन्दाको लामो समयदेखिको सपना पूरा गर्ने निर्णय गरेको उनले बताएका थिए। सो क्षेत्रको विकासका लागि आर्थिक प्याकेजका बारेमा पनि विचार गरिरहेको उनले बताए। तर त्यसबारे थप स्पष्ट भने पारेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?