अन्तर्राष्ट्रिय सम्बन्धमा पुर्‍याएको योगदानका लागि जापानले पूर्वमन्त्री पाण्डेलाई विभूषित गर्ने

अन्तर्राष्ट्रिय सम्बन्धमा पुर्‍याएको योगदानका लागि जापानले पूर्वमन्त्री पाण्डेलाई विभूषित गर्ने
+
-

काठमाडौँ – जापान सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा पुर्‍याएको योगदानका लागि नेपालका पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई विभूषित गर्ने भएको छ।

सन् २०२० का लागि यो विभूषण पाउने विदेशी नागरिकको सूचीमा पाण्डे पनि समावेश रहेको नेपालस्थित जापानी राजदूतावासले जनाएको छ। नेपाल-जापान सम्बन्ध बलियो बनाउन पुर्‍याएको योगदानका लागि पाण्डेलाई उक्त विभूषण प्रदान गर्न लागिएको दूतावासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ। पाण्डेले ‘अर्डर अफ दी राइजिङ सन’ पाउनेछन्।

‘अर्डर अफ दी राइजिङ सन’ जापान सरकारले दिन थालेको पहिलो विभूषण हो। जापानले विदेशी नागरिकलाई वर्षको दुईपटक यो अवार्ड प्रदान गर्ने गर्दछ।  पाण्डे पर्यटन मन्त्री रहेका बेला सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान-नेपाल-चीनसहित त्रिदेशीय टोलीलाई उनले सहयोग गरेको दुतावासले जनाएको छ।

नेपालको भ्रमण गर्ने पहिलो जापानी नागरिक रहेका एकाई कावागुचीको तस्विर टिकटमा टाँस्न पाण्डे सन्चार मन्त्रि भएका बेला सुरु भएको थियो, सन् २००२ मा।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?