साझा पार्टीकाे चेतावनी: ‘खुलामञ्चमा हामी खाना खुवाउछाैँ, कसले राेक्दाे रहेछ हेराैँला’

साझा पार्टीकाे चेतावनी: ‘खुलामञ्चमा हामी खाना खुवाउछाैँ, कसले राेक्दाे रहेछ हेराैँला’
+
-

काठमाडौँ– राजधानीको खुलामञ्चमा कोरोना भाइरसका कारण समस्यामा परेका मजदूर तथा असहायहरुलाई खाना खुवाउने कार्यमा रोक लगाउने काठमाडौँ महानगरपालिकाको निर्णयको साझा पार्टीले भर्त्सना गरेको छ।

साझा पार्टीले मंगलबार विज्ञप्ति जारी गर्दै महानगरको उक्त निर्णय अमानवीय भएको बताएको छ।

‘कोरोना संक्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सृजना भएका बेला सरकार स्वयंले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरेर उनीहरूको हेरचाह गर्नु पर्दथ्यो। तर उल्टो नागरिक स्तरबाट भइरहेको परोपकारी कार्य समेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा हो,’ साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

सरकारको सो कदमको विरोध जनाउन भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साझा पार्टीले जनाएको छ।

साझा पार्टीले भनेको छ, ‘शान्तिपूर्ण रूपमा गरिने यस्तो मानवीय कार्यलाई हेरौँ कसरी रोक्दो रहेछ, यो निर्दयी सरकारले।’

साथै साझा पार्टीले सरकारलाई आफ्नो निर्णय तुरुन्त फिर्ता गर्न र कोरोनाको कहर रहुन्जेल श्रमिक तथा असहायहरूलाई कि ‘काम’, कि ‘माम’को व्यवस्था गर्न आग्रह गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?