
जनकपुरधाम-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कोरोनाको आशंकामा होम आइसोलेशनमा बसेका छन् । काठमाडौँमा सम्पन्न बैठकमा सहभागी भएर जनकपुरधाम फर्केपछि आइसोलेशनमा बसेका छन्।
ज्वारो र रुघा खोकी लागेपछि मन्त्रालयस्थित निवासमा करीब ८-१० दिनदेखि होम आइसोलेशनमा बसेको मुख्यमन्त्री राउतले बताए । उनी अहिले अत्यावश्यक काममा कर्मचारी वा निजी सचिववालयका व्यक्ति बाहेक अरु व्यक्तिसँग भेटघाट समेत गर्न छाडेका छन ।
मुख्यमन्त्री राउतले आफुमा कोरोना पुष्टि नभएको तर भाइरल फिवर र रुघा खोकी जस्तो लक्षण देखिएपछि होम आइसोलेशनमा बसेको बताए।
काठमाडौँमा कात्तिक ३ र ४ गते सम्पन्न बैठकमा उनी सहभागी भएका थिए । काठमाडौँबाट आएपछि आफूलाई असहज भएपछि होम आइसोलेशनमा बसेका छन्।
मुख्यमन्त्री राउतले मौसम परिवर्तन भएको कारण ज्वरो लागेको हुन सक्ने भएकोले आफुले कोरोना परीक्षण नगराएको बताए । यद्धपि कार्यालय जान र भेटघाट तथा मिटिंग लगायतका कार्यक्रममा उनले सहभागीता जनाउन छाडेका छन्।