कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा भारत जानेको लर्को

कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा भारत जानेको लर्को
+
-

काठमाडौँ– हिजोआज कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा भारत जानेहरुको लामो लाइन देखिन्छ।

दसैँअघि यही नाकामा दसैँ मनाउनका लागि स्वदेश फर्किनेहरुको चहलपहल थियो। दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जानेहरुको घुइचो बढ्न थालको छ।

कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाकामा रोजगारीका लागि भारत जानेहरुको भीड लाग्ने गरेको छ। चाडपर्व मनाउन स्वदेश आएका मानिसहरु दसैँ सकिए लगत्तै फेरि रोजगारीका लागि भारत फर्किएका हुन्।

दसैँ सकिएर तिहार आउनै लाग्दा भारत जानु रहर नभइ बाध्यता भएको उनीहरुले बताएका छन्। देशभित्रै काम नपाउने भएपछि दुईचार पैसा कमाउन र परिवारको लालनपालनकै लागि भारत जानुपर्ने बाध्यता रहेको पनि उनीहरुले बताए।

कोरोना संक्रमणका कारण स्वदेश फर्किएकाहरु पनि फेरि भारत जान बाध्य भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाका कारण घर फर्किएकालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने बताएको छ। तर देशभित्र रोजगारी पाउने अवस्था नै नभएपछि चाडपर्वको बीचमै पनि मानिसहरु रोजगारीका लागि भारत जान बाध्य छन्।

देशभित्रै रोजगारीको अवसर नभएकाले चाडपर्वको प्रवाह नगरी काम खोज्न भारत जानुपरेको गुनासो पनि धेरैको छ। सुदूरपश्चिमका दुई नाका गड्डाचौकी र त्रिनगर–गौरीफन्टा भएर मात्रै दैनिक हजारौको संख्यामा नागरिकहरु भारत गइरहेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि १६ गतेसम्म १२ हजार ७ सय ६३ नेपाली भारत प्रवेश गरेका छन्। जसमा २ हजार ४ सय ५० महिला र १ हजार ४ सय ५ बालबालिका पनि छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?