स्नातक तहका विपन्‍न वर्गका विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा, यसरी भर्नुस् फारम

+
-

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नियमित रुपमा स्नातक तहमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क मोबाइल डेटा उपलब्ध गराउने भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यार्थी वित्तीय सहयोग कार्यक्रम अन्तर्गत विपन्न वर्गका विद्यार्थीलाई निःशुल्क डेटा उपलब्ध गराइने भएको हो ।

कोभिड १९ को महामारीको संकटबाट उच्च शिक्षामा अध्ययनरत विपन्न वर्गका विद्यार्थीको शिक्षामा समान पहुँचका लागि भन्दै केन्द्रले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

त्यसका लागि विद्यार्थीले वित्तीय सहयोग कार्यक्रमको वेवसाइटमा गई फारम भर्नुपर्ने उल्लेख गरिएको छ ।

उक्त फारम कात्तिक २१ गते अर्थात शुक्रबारसम्म भर्न सकिनेछ । केन्द्रका अनुसार उक्त समयमा फारम भरेका विद्यार्थीको अनलाइन फारम कलेजले समेत रुजु गर्नुपर्ने छ । त्यसका लागि क्याम्पस प्रमुखको नाम, फोन नम्बर र क्याम्पसको ईमेल एडरेस सहितका विवरण पेश गर्नु पर्नेछ ।

यस कार्यक्रममा सहभागी हुन सामुदायिक विद्यालयबाट माध्यामिक तह उत्तिर्ण गरी हाल स्नातक तहमा अध्ययन गरिरहेको हुनुपर्नेछ।

विद्यार्थीसँग डेटा चलाउनका लागि आवश्यक मोबाइल आफैंले व्यवस्था गर्नुपर्नेछ । यदि यी सबै कुरा मिलेको खण्डमा विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्दाको रजिष्ट्रेसन नम्बरलाई ‘युजरनेम’ र जन्ममितिलाई ‘पासवर्ड’ बनाई यहाँ लगइन गर्नुपर्ने हुन्छ ।

लगईनपछि त्यहाँ आवश्यक जानकारी भर्नुपर्नेछ । विद्यार्थीले भरेको विवरणका आधारमा विद्यालयले त्यसलाई रुजु गरेपछि केन्द्रले नि:शुल्क डेटाको लागि छनोट गर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?