
मतगणनामा विदेशी शक्तिको दखलको कुनै पनि प्रयासको प्रमाण नरहेको अमेरिकाले जनाएको छ।
अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्यूरिटीका शीर्ष साइबार सेक्यूरिटी अधिकारीले मतगणनामा विदेशी शक्तिको दखल प्रयासको प्रमाण नरहेको बताएका हुन् ।
क्रिष्टोफर क्रेब्सले वक्तव्य जारी गरेर भनेका छन्, ‘विदेशी शक्तिले अमेरिकीहरुलाई मतदान गर्नबाट रोक्न वा मतगणनामा दखल दिन सफल भएको प्रमाण छैन ।’
सन् २०१६ का चुनावमा रुसले चुनावमा दखलको प्रयास गरेको अमेरिकी गुप्तचर निकायले बताएका थिए ।
अहिले मतगणना जारी रहँदा राष्ट्रपतिमा जो बाइडेन अघि छन् । पछि परेका ट्रम्पले विभिन्न राज्यमा धाँधली भएको भन्दै उजुरी दिने बताएका छन् ।