
काठमाडौँ – नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई नेतालाई सशस्त्र प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण तथा सरकारको विरोधमा प्रदर्शन गरेका दुई नेता पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा विप्लव नेकपाका जनतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय सदस्य खेम प्रधान र सक्रिय सदस्य टीकाराम चौधरी रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट पर्चा, व्यानर तथा तीनवटा मोबाइल एवम् चन्दा असुलिको कागजातसहित बिहान साढे ११ बजे पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।