
काठमाडौँ- जापान सरकारले कीर्तिपुर आँखा अस्पताललाई मेडिकल सामग्री दिने भएको छ।
जापान सरकारको ग्रासरुट ह्युमन सेक्युरिटी परियोजनाअन्तर्गत आँखा अस्पताललाई मेडिकल सामग्री उपलब्ध गराउने सहायता सम्झौतामा हस्ताक्षर भएको छ।
नेपालस्थित जापानी दूतावासका अनुसार जापान सरकारले एक लाख ५४ हजार एक सय अमेरिकी डलर बराबरको मेडिकल सामग्री उपलब्ध गराउने छ।
मधुमेहका कारण आउने आँखा सम्बन्धी समस्याको उपचारका लागि आवश्यक मेडिकल सामग्री खरिद गरिने छ।
नेपाल नेत्र ज्योती संघले सन् २०१७ देखि कीर्तिपुर आँखा अस्पताल सन्चालन गरिरहेको छ।