बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र दिने तयारी

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचय पत्र दिने तयारी
+
-

नेपालगञ्ज – सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी व्यक्ति बेपत्ता पारिएका बाँके र बर्दिया जिल्लाबाट बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र वितरण गर्ने तायरी गरिएको छ।

बाँके र बर्दियाको भ्रमणमा रहेको आयोगका सदस्यहरुले यस्तो बताएका हुन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको आयोगका सदस्य एवं प्रवक्ता डा. गंगाधर अधिकारीले अब ढिला नगरी बाँके र बर्दियाबाट पीडितलाई परिचयपत्र वितरण गरिने बताए।

उनले ऐन नबनेका कारण द्रुत गतिमा कार्य सम्पादन गर्न कठिनाई भइरहेको बताए ।

‘ऐन नबनेर समस्या भयो’, डा.अधिकारीले भने, ‘कोरोना कहरले पनि नियमितको गतिमा अवरोध सिर्जना गर्यो, अब हामी ढिला नगरी बाँके र बर्दियाबाट पीडितलाई परिचय पत्र दिन्छौँ, त्यही परिचय पत्रका आधारमा संघ, प्रदेश र स्थानीय सरकारले त्यसको स्वामित्व लिनुपर्छ ।’

सदस्य डा. अधिकारीले आयोगले पीडितमैत्री भएर काम गर्ने दृढता व्यक्त गरे । आयोगमा परेका निवेदनका आधारमा मात्रै पीडित पहिचान हुन नसक्ने भन्दै उनले पीडित करार गर्न केही प्रक्रिया पार गरेर अघि बढ्नुपर्ने बताए ।

उनले विभिन्न ठाउँमा गाडिएका भनिएका शबको पहिचानका लागि आयोग फोरेन्सिक कमिटि बनाएर अघि बढ्ने तयारीमा रहेको जानकारी दिए । आयोगका सचिव कृष्णजिवी घिमिरेले द्वन्द्वपीडितलाई न्याय दिलाउनका लागि आयोग कटिबद्ध भएर आफ्नो कर्ममा क्रियाशील रहेको दावी गरे ।

पीडितहरुसँग छलफल र अन्तरिक्रया तथा सरोकारवाला पक्षसँंग निरन्तर संवाद गर्दै आयोग अघि बढेको घिमिरेले बताए । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय कुमार श्रीवास्तबले पीडितहरुको घाउमा मल्हम लाउन ढिला गर्न नहुनेमा जोड दिए ।

परिचय पत्र वितरण पश्चात् स्थानीय तहसँंग समन्वय गरेर पीडित पक्षलाई सुविधा र सहुलियत दिलाउन आफू लाग्ने श्रीवास्तबले बताए। सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले स्थानीयस्तरमा अयोगको सहयोगार्थ आफूहरुले भूमिका निभाउने बताए ।

बाँकेबाट आयोगमा १ सय १ उजुरी परेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?