
काठमाडौँ– पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले देशलाई संघीयता खाँचो नभएकाे भएपनि द्वन्द्व व्यवस्थापनका लागि मानिदिनु परेको बताएका छन्।
बास्कोटाले शुक्रबार साँझ ट्वीट गर्दै यस्तो बताएका हुन्।
‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमाचै के प्रतिगमन भएछ हँ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता। लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन्।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!,’ बास्कोटाले ट्वीटरमा लेखेका छन्।
सरकारले केहीदिन अघि नेपालको नाम अबदेखि ‘संघीय लाकेतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेपछि यसको चौतर्फी विरोध भएको थियो। प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिने बास्कोटाले यही सन्दर्भमा उक्त ट्वीट गरेका हुन्।
मन्त्रिपरिषदले संविधानसभाबाट संविधान जारी भएर नेपाल संघीय व्यवस्थामा गएपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेखिने गरेकोमा अब उपरान्त नेपालीमा ‘नेपाल’ अंग्रेजीमा ‘Nepal’ लेख्ने निर्णय गरेर गरी सोही अनुसारको परिपत्र गरेको थियो।
सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!
— Gokul Prasad Baskota (@GokulPBaskota) November 6, 2020