
मागी–मागी थाप्छन् माला के–के देख्नु पर्यो
धन मन यिनकै काला के–के देख्नु पर्यो ।।
जनताका ऊपचारलाई रकम छैन भन्छन्
आफुू बोक्छन् भरि डाला के–के देख्नु पर्यो ।।
आफू मात्रै जिऊँदो भए अरु मरे मरुन्
लोकतन्त्रमा यस्तो चाला के–के देख्नु पर्यो ।।
दिन भरि खेत जोत्ने खाली पेटमै सुत्छन्
जुकाहरुका राता गाला के–के देख्नु पर्यो ।।
पढ्ने गुन्ने पाखा परे विदेश विदेश लागे
राम्रा पदमा आफ्नै साला के–के देख्नु पर्यो ।।
शपथ खाने सरम छाडा झुटो बोल्छन् अति
सत्य बोल्ने मुखमा ताला के–के देख्नु पर्यो ।।