कालिञ्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक

कालिञ्चोक मन्दिर दर्शन तथा पूजापाठ गर्न रोक
+
-

चरिकोट– दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र कालिन्चोक मन्दिरमा दर्शन तथा पूजापाठ गर्नका लागि जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ।

दोलखामा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसका कारण देखाउँदै सङ्कट व्यवस्थापन केन्द्रले नित्यपूजा बाहेक अन्यलाई दर्शन तथा पूजापाठ गर्नका लागि बन्द गरिएको जनाएको छ।

लकडाउनका कारण लामो समयदेखि बन्द पर्यटकीय तथा धार्मिक क्षेत्र कालिन्चोक क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटक आंशिक रुपमा जान थालेको र कालिन्चोक कुरी बजार क्षेत्रका केही होटल सञ्चालनमा आउन थालेका छन्।

सूचनाको अभावका कारण कतिपय भक्तजन दर्शन गर्न आउन थालेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज सूचना प्रकाशन गरी उक्त क्षेत्रमा नजान निर्देशन गरेको छ।

कालिन्चोक गाउँपालिकाको कुरी बजारमा रहेको प्रहरी चौकीभन्दा माथि घ्याङ्डाँडाबाट माथि टुटयानबाट आउनेलाई तेस्रो बाटोभन्दा माथि जानका लागि पूर्ण रुपमा बन्द गरिएको छ। कोही कसैले अटेर गरी गएमा सङ्क्रमण रोग ऐनअनुसार कारबाही गरिने जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?