
काठमाडौँ- नेपाली सेनाको २ सय १३ सदस्यीय टोली दक्षिण सुडानमा शान्ति स्थापनार्थ आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रमुख सेनानी शुसिल प्याकुरेलको नेतृत्वमा श्री गोरख बहादुर गण सातौँ डफ्फाको टोली दक्षिण सुडान गएको हो।
दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघीय शान्ती सेनाअन्तर्गत नेपाली सेना लामो समयदेखि त्यहाँ परिचालित छ। यो टोलीले सेनानी दीपक अर्याल नेतृत्वको २ सय ११ सदस्यीय टोलीको स्थान लिने छ।
अर्याल नेतृत्वको टोली सोमबार नेपाल आइपुग्ने छ।