
जेरुसेलम-इजराइयली भू-गर्भशास्त्रीहरुले १ हजार वर्ष अगाडिको पुरानो भाँडो जगलेटमा चारवटा सुनका सिक्काहरु भेटाएको बताएका छन्।
इजरायल एण्टीक्वेटी अथोरिटी (आइएए) का अनुसार उक्त सुनको सिक्काहरु जेरुसेलममा भेटिएको हो।
माटोको सानो भाँडोभि रहेको उक्त सुनका सिक्काहरु इस्लामिक समय सुरुवात कालको रहेको बताइएको छ। साथै स्थान हालको वेस्टर्न वाल प्लाजामा रहेको उल्लेख गरिएको छ।
आइएएका अनुसार उक्त सिक्काहरु सुरक्षित र उत्कृष्ट रहेको छ भने बिनाकुनै सफाइ गरिकनै टिलिक्क टल्किएका छन्।
यी दुवै सुनका सिक्काहरु दिनार प्राचीनकालका शहर रमलाको सेन्ट्रल इजरायल क्यालिफ अल मुतिको शासनकाल (९४६-७४)मा बनेको बताइएको छ। जब दुई शासक फातिमा क्यालिफेद र अल मुजिज र उनको उत्तराधिकारी अल जजिजलाई कायरो खसालेर मारेका थिए।
यसबारेमा रिसर्चर्सले भनेका छन्, ‘ यी चारवटा सुनका सिक्काहरु (दिनार) कुनै समयको धेरै जनसंख्या भएको रुपैयाँ भएको तर गम्भीर संकटको बेलाको भएको हुस सक्छ।’
यसका साथै उनीहरुले भनेका छन्, ‘यो दिनार महिनाभरीको तलब बराबरको हुन सक्छ। अथवा चार महिनाको तलब बराबरको एउटा साँझा सिक्का भएको हुन सक्छ।’