चीनको तिब्बतसँगको सीमानाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा

चीनको तिब्बतसँगको सीमानाका बन्द हुँदा ओलाङचुङगोलावासी समस्यामा
+
-

ताप्लेजुङ-कोभिड–१९का कारण चीनको तिब्बत सँगको सीमानाका टिपताला भञ्ज्याङबाट ओहोरदोहोर बन्द भएपछि ओलाङचुङगोलावासी समस्यामा छन् ।

चीनमा सङ्क्रमण फैलिएयता नाका हुँदै आउजाउ पूर्णरुपमा बन्द छ । खाद्यान्नलगायतका उपभोग्य वस्तुको किनमेलका लागि तिब्बतका बजारको भरमा रहेका यहाँका बासिन्दा लामो समयदेखि तिब्बत पुग्न पाएका छैनन् ।

जेठदेखि भदौसम्म वर्षभर पुग्ने खाद्यान्नलगायतका सामग्री तिब्बतकै बजारबाट ढुवानी गर्ने गोलावासीले यो वर्ष महंगो भाडा तिरेर ताप्लेजुङ तर्फकै बजारबाट ढुवानी गर्न बाध्य छन् । मानिसलाई चाहिने सामाग्रीदेखि लिएर पशु चौपायाका लागि ढिके नुन र दानासमेत चीनबाटै ल्याउने गरिएको छ ।

हिमाली एक्लो बस्ती ओलाङचुङगोलाका बासिन्दालाई ताप्लेजुङको बजारबाट भन्दा चीनको तिब्बतबाट सामान ढुवानी गर्न सहज हुन्छ । ताप्लेजुङका बजार भन्दा नाका नजिकपर्ने र ढुवानीसमेत सस्तो हुने भएकाले उतैबाट आवश्यक सामानको जोहो गर्ने गरिएको वडाध्यक्ष छेतेन शेर्पाले बताए। यो वर्ष सङ्क्रमणका कारण तिब्बत आउजाउ नहुँदा समस्या भएको उनको भनाइ छ ।

नाका बन्द हुँदा ओलाङचुङगोलामा बुनिएका गलैँचासमेत घरैमा थन्किएका छन् । यहाँ उत्पादित गलैँचाको मूख्य बजार तिब्बत नै हो। यो वर्ष आउजाउ नहुँदा यहाँका बासिन्दाले बनेका गलैँचा घरैमा थन्किएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?