अधिवक्ता लाइसेन्स परीक्षाको ४०० पूर्णाकलाई १०० मा झारियो, मंसिर २० गते जाँच हुने

अधिवक्ता लाइसेन्स परीक्षाको ४०० पूर्णाकलाई १०० मा झारियो, मंसिर २० गते जाँच हुने
+
-

काठमाडाैँ – नेपाल बार काउन्सिलले कोरोना महामारीका कारण अधिवक्ता लाइसेन्सको परीक्षाको पूर्णाक ४०० बाट १०० मा झारेको छ।

अधिवक्ताको २८औं परिक्षा गत वैशाखमै हुुनुपर्ने भए पनि कोरोना महामारीका कारण काउन्सिलले आउँदो मंसिर २० गते एक दिन मात्र गर्ने भएको हो।

काउन्सिलका सचिव रामहरी काफ्लेका अनुसार यसअघि १०० पूर्णाकका चारवटा विषयको परिक्षा हुने गरेकोमा यसपटक सबैलाई एकीकृत गरी चार घण्टा दिएर परिक्षा लिन लागिएको हो।

मंसिर २० गते दिउँसो १२ बजेदेखि सुरु हुने परिक्षा ४ बजेसम्म चल्नेछ। काफ्लेका अनुसार ५/५ अंकका १२ वटा र मिसिल अध्ययनसँग सम्बन्धित ४० अंकको दुईवटा प्रश्न सोधिनेछ।

परीक्षामा सहभागी हुँदा परिक्षार्थीले कोरोनाबाट बच्नका लागि अधिकतम स्वास्थ्य सुरक्षाको प्रबन्ध गर्नुपर्नेछ। जाँचमा सहभागी हुन आउँदा परिक्षार्थीले फेस सेड, मास्क, हातमा लगाउने सर्जिकल पञ्जा लगाउनुपर्ने, अनिवार्य रुपमा सेनिटाइजर बोक्नुपर्ने नियम छ।

स्वास्थ्य सचेतताका उपाय अवलम्बन नगरी आउने परिक्षालाई सहभागी हुन नदिने काफ्लेले जारी गरेको सूचनामा उल्लेख छ।

काउन्सिलले आइसोलेसनमा बसेका विद्यार्थीलाई छुट्टै हलमा राखेर परिक्षा दिन पाउने व्यवस्था गर्ने जनाएको छ। त्यसका लागि अघिल्लो दिनसम्म जानकारी गराउनुपर्ने सूचनामा उल्लेख छ।

काउन्सिलले प्रवेश परिक्षा मंसिर ११ गतेदेखि वितरण गर्ने जनाएको छ। अधिवक्ताको २८ औं तहको परिक्षाका लागि गत फागुन १० गते फर्म आह्वान गरेको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?