टिचिङ अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. झाको कोरोना संक्रमणले निधन

टिचिङ अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा. झाको कोरोना संक्रमणले निधन
+
-
काठमाडौँ- कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक सुनील झाको निधन भएको छ। उनको सोमबार बिहान ९ बजे निधन भएको हो।
एक महिनाअघि डा. झालाई कोरोना पुष्टि भएको थियो।
कोरोना पुष्टि भएपछि सुरुमा उनलाई नर्भिक अस्पतालमा उपचार गरिएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालकै आइसियुमा सारिएको थियो।
उनलाई निमोनिया भएको थियो। तीन सातादेखि उनी भेन्टिलेटरमै थिए।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ‘मल्टीअर्गान’ फेल भएर डा. झाको मृत्यु भएको हो। ६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिँदै थिए।
मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन नसकेको चिकित्सकहरुले बताएका थिए।
मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई रेम्डेसिभिर र प्लाज्माथेरापीले पनि सुधार नआएको चिकित्सकहरुले जानकारी दिए।  झाको फोक्सोमा निमोनियाका दाग देखिइरहेको चिकित्सकहरुले बताएका थिए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?