डेनमार्कमा बर्डफ्ल्यू नियन्त्रण गर्न हजारौँ कुखुरा मारियो

डेनमार्कमा बर्डफ्ल्यू नियन्त्रण गर्न हजारौँ कुखुरा मारियो
+
-

कोपेनहेगन-बर्डफ्ल्यूको महामारी नियन्त्रण गर्न भन्दै डेनमार्कमा हजारौं कुखुरा मारिएको छ ।

देशको जुटल्याण्डमा झण्डै २५ हजार खुकुरा मारिएको सरकारी अधिकारीहरूले मंगलबार जानकारी दिएका छन् ।

स्टाटेन्स सेरुम इन्स्टिच्युटबाट ल्याइएको परीक्षण रिपोर्टका आधारमा त्यस क्षेत्रका कुखुराबाट बर्डफ्ल्यु फैलिन सक्ने देखिएर कुखुरा मारिएको हो।

दुई ओटा क्षेत्रका कुखुराहरुमा त्यस्तो खतरा देखिएको अधिकारीहरुले जनाएका छन् । त्यस क्षेत्रलाई अहिले नियन्त्रणमा लिएर उच्च सतर्कता अपनाइएको छ ।

डेनमार्कको जुटल्याण्ड क्षेत्रमा यही महिनाको शुरुमा यसअघि पनि बर्डफ्ल्युको सङ्क्रमण देखिएको थियो ।

यो रोग युरोपका अन्य देशहरुमा पनि पछिल्लो समयमा पुन: फैलिन थालेको छ । विषेश गरेर जर्मनी र फ्रान्समा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ।

सङ्क्रमण देखिएका अन्य देशहरुमा पनि कुखुराहरु मार्ने, प्रभावित क्षेत्रलाई नियन्त्रणमा लिने लगायतका उच्च सतर्कता अपनाउने गरिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष