‘तपाईँको ज्यान भन्दा ठूलो १५ दिनको आइसाेलेशन होइन’

‘तपाईँको ज्यान भन्दा ठूलो १५ दिनको आइसाेलेशन होइन’
+
-

भाइटीकाको राति १० बजे एउटा फोन आयो ।

‘४०-४५ वर्षको बिरामी हुनुहुन्छ, कोरोनाको लक्षण छ, एकदम सिकिस्त । एम्बुलेन्स पाइँदैन, बिरामी कसरी ल्याउनु ?’

मैले ‘पीसीआर गराइसक्नु भयो ?’ भनेर सोधेँ, उहाँहरूले ‘छैन’ भन्नू भयो । ‘जुनसुकै सवारी साधन खोजेर तत्काल अस्पताल ल्याउनोस्’ भनेँ ।

मलाई लाग्यो, बिरामी अस्पताल पुग्नु हुनेछ । तर, दुर्भाग्य, डेढ घण्टापछि फोन आयो, बिरामी बित्नु भयो । शायद समयमै अस्पताल आइपुग्नु भएको भए, बिरामीलाई बचाउन सकिन्थ्यो कि?

अल्पायुमै जीवन गुमाएका मृतकप्रति हार्दिक श्रद्धाञ्जली ।

यो घटनाले अहिले होम आइसोलशनमा लापरबाही र कोरोना परीक्षण नगरी दुई-चार दिनपछि यसै ठीक भइहाल्छ नि भन्ने आम मानसिकताको उजागर गर्छ । कोरोनाको लक्षण कसैलाई सामान्य हुन सक्छ, तर यसले धेरैको ज्यान लिइसक्यो ।

बेवास्ता र लापरबाहीले प्राण जोखिममा राख्ने काम कसैले नगरौं । लक्षण देखिएपछि कम्तीमा पीसीआर गराइहालौं, अनि स्वासप्रस्वासमा समस्या आउनासाथ अस्पताल लगिहालौं । गाह्रो पर्नासाथ एम्बुलेन्स वा अन्य सवारी साधनको तत्काल व्यवस्थापन गर्नेतर्फ शतर्क बनौं ।

कुन अस्पताल लैजाने भन्नेबारे जानकारी राखेर बसौँ। पीसीआर गरे बेकारमा १४-१५ दिन आइसोलेशनमा बस्नुपर्छ भन्ने सोचले धेरैले कोरोना संक्रमणलाई हलुका रूपमा लिएको पाइन्छ । यो गल्ती गर्दै नगरौं । तपाईंको जीवनभन्दा ठूलो १४-१५ दिनको आइसोलेशन होइन ।

लक्षण देखिएकालाई सरकारले पीसीआर टेस्ट नि:शुल्क गरिसकेको छ । त्यसैले कोरोना भाइरस संक्रमणको लक्षण देखिए टेस्ट गर्न ढिला नगरौं । कोरोना पोजिटिभ भएकाले कम्तिमा आफूलाई स्वासप्रस्वासमा अफ्ठ्यारो महसुस भए तुरुन्त परिवार-साथीभाइ वा चिकित्सकलाई भनीहालौं ।

यो जाडोको मौसममा कोरोना भाइरसको फैलावट व्यापक हुन सक्छ । त्यसैले कृपया पटक्कै लापरबाही नगरौं, मास्क लगाऊँ, हात धोऊँ/स्यानिटाइज गरौँ र भौतिक दूरी कायम राखौँ ।

(डा ‍.अनुप बास्तोला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुका प्रमुख कन्सल्टेन्ट हुन्। कोरोना भाइरस महामारीको उपचार व्यवस्थापनमा सक्रिय भएर काम गरिरहेका छन्।)

यो पनि पढ्नुहोस्

डे‌ंगु केहाे? यसबाट कसरी जाेगिने?

डे‌ंगु केहाे? यसबाट कसरी जाेगिने?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?