संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा खनाल तेस्रो पटक नियुक्त

संयुक्त राष्ट्र संघको इन्टरनेट गभर्नेन्स फोरममा खनाल तेस्रो पटक नियुक्त
+
-

काठमाडौँ- इन्टरेनट गभर्नेन्स फोरम (आईजीएफ)ले आफ्नो मल्टिस्टेक होल्डर एडभाइजरी ग्रुप (म्याग) को सदस्यमा नेपालकोतर्फबाट आनन्दराज खनाल तेस्रो पटक पुन: नियुक्त भएका छन्।

नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक खनाल यसअघि लगातार दुई कार्यकालसम्म म्यागको सदस्य रहेका थिए।

संयुक्त राष्ट्र संघ महासचिवको तर्फबाट शनिबार २०२१ का लागि म्याग सदस्य चयन गरिएको हो।

आईजीएफ संयुक्त राष्ट्र संघ अन्तर्गतको इन्टरनेट गभर्नेन्ससँग सम्बन्धित सार्वजनिक नीतिका विषयमा छलफल गर्ने फोरम हो जहाँ इन्टरनेटको क्षेत्रमा काम गर्ने विभिन्‍न देशका सरकारी, गैरसरकारी, निजी क्षेत्र, नागरिक समाज र प्राविधिक समुदायबाट सदस्य नियुक्त गरिन्छ।

म्यागको प्रमुखमा दक्षिण अफ्रिकाका एस्टरहाइजिन एनरियट पुनः नियुक्त भएका छन्। यसपटक म्यागमा १५ नयाँ सदस्य सहित कुल ४० सदस्य रहेका छन्।

सन् २००६ मा स्थापना भएको इन्टरनेट गभर्नेन्स फोरमले संयुक्त राष्ट्रसंघका महासचिवलाई इन्टरनेट गभर्नेन्सको क्षेत्रमा भइरहेका कार्यक्रमहरुको बारेमा जानकारी प्रदान गर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?