हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने

हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि कैलालीमा बृहत प्रर्दशन हुने
+
-

धनगढी – हिन्दु राष्ट्र पुर्नस्थापना गर्न दबाब दिन सुदूरपश्चिम प्रदेशको राजधानी रहेको जिल्ला कैलालीमा बृहत र्‍याली आयोजना हुने भएको छ।

सुदूरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा मंसिर ४ गते अर्थात भोलि कैलालीमा जुलुस तथा र्‍याली हुन लागेको आज धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएका छन्।

र्‍याली तथा प्रर्दशन कार्यक्रमका संयोजक रवीन्द्र कार्कीले हिन्दु राष्ट्र पुर्नस्थापना, संघीयताको खारेजी र संवैधानीक राजतन्त्रको स्थापनाको मागसहित बृहत प्रर्दशन हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले अहिलेको गणतान्त्रिक व्यवस्था असफल भएको आरोप लगाउँदै गणतन्त्रले विकास र सम्मृति ल्याउन नसकेको र भ्रष्टाचार, अनियमितता, कालो बजारी बढेकाले यसका विरुद्ध धनगढीदेखि अत्तरियासम्म प्रदर्शन गर्न लागेको बताए।

भोलि दिउँसो १२ बजे धनगढीको बुद्धचोकबाट सुरु हुने र्‍याली कैलालीकै अत्तरिया पुगेर पुनः धनगढी फर्कने र कोणसभा हुने संयोजक कार्कीले जानकारी दिए।

धनगढीदेखि अत्तरियासम्म गरिने प्रदर्शनमा एक सय चार पांग्रे सवारी साधनसहित ३ हजार मोटरसाइकलको सहभागिता रहने अनुमान गरिएको कार्यक्रमका प्रवत्ता अशोक मल्लले जानकारी दिए।

उनले सुदूरपश्चिम प्रदेशका सबै जिल्लाबाट देशभक्त स्वतन्त्र युवाहरुको र्‍यालीमा सहभागिता रहने जानकारी दिए।

उनले भने–‘यो कुनै पार्टीको समर्थन र विरोधमा नभई स्वतन्त्र देशभक्त युवाहरुको सहभागितामा राष्ट्र बचाउन अभियान चलाईएको हो, यसमा सहभागिताका लागि सबै देशप्रेमीलाई आग्रह गर्दछौँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष