प्रदेश राजधानी धनगढीमा छैनन् सार्वजनिक शौचालय

प्रदेश राजधानी धनगढीमा छैनन् सार्वजनिक शौचालय
+
-

धनगढी – सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका तथा हाल प्रदेशको राजधानी समेत रहेको धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय छैनन् ।

धनगढी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र क्याम्पस रोडदेखि भन्सार कार्यालयसम्म दश भन्दा बढि सार्वजनिक शौचालयको आवश्यकता रहेको भए पनि हाल न्युन मात्र रहेका छन् ।

उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले भने, ‘अहिले उपमहानगरपालिकाको मुख्य सडकमा व्यवसायीहरूबाट १० भन्दा बढी सार्वजनिक शौचालयको माग आइरहेको छ, हाल धनगढी उपमहानगरपालिकाभित्र छ वटा सार्वजनिक शौचालय निर्माण भएका छन् ।’

धनगढी उपमहानगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार धनगढी बसपार्कमा दुई, भन्सार कार्यालय नजिक, उपमहानगरपालिकाको कार्यालय अगाडी, जिल्ला प्रशासन कार्यालय संगम टोलमा एक÷एक वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेका छन् ।

उपमहानगरपालिकाको मुख्य सडक तथा बजारमा मात्रै नभएर भित्रि सडक वा सहायक सडकमा समेत सार्वजनिक शौचालय निर्माण आवश्यक रहेको स्थानीय बताउछन् ।

भट्टका अनुसार मुख्य सडकमा मात्र नभइ धनगढीका सहायक सडकमा पनि सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

उनले भने, ‘अहिले मुख्य सडक वा बजारमा मात्रै नभएर चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस सडकमा पनि सार्वजनिक शौचालयको माग रहेको छ ।’

धनगढीमा मानिसको चहलपहल हुने तथा सवारी साधनको चाप हुने सडक र बजारमा सार्वजनिक शौचालय निर्माण गर्नुपर्ने अवस्था रहेको छ ।

उपमहानगरपालिकाले यस वर्ष मुख्य सडकका थप दुई स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना बनाएको डिभिजनल इन्जिनियर भट्टले जानकारी दिए ।

उनले भने, ‘माग अनुसारको सार्वजनिक शौचालय निर्माण गर्न बजेट अभाव छैन ।’

उनले सार्वजनिक शौचालय निर्माणका लागि जग्गा अभाव भएको बताए । बढ्दो शहरीकरण र जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढेको छ, तर त्यसको ब्यवस्थापन सहि ढंगले हुन सकेको छैन ।

धनगढीमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नु परेको छ ।

कैलाली जिल्लालाई मुलुकको ५१ औँ जिल्लाका रूपमा २०७५ जेठमा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । कैलालीमा एक लाख ५२ हजार चार सय ५७ घरधुरीमा शौचालय निर्माण भएपछि भव्य कार्यक्रमबीच खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, कैलाली अझै पूर्ण रुपमा खुला दिसामुक्त जिल्ला बनिसकेको छैन ।

युवाहरूले भने– व्यवस्थित सार्वजनिक शौचालय देऊ

२०७७ मंसिर ४ गते बिहीबार । दिउँसो १२ बजे । कैलालीको धनगढी स्थित पार्कमोडको मुख्य सडकको छेउमै केही युवायुवती हातमा ब्यानर बोकेर उभिए । ब्यानरमा लेखिएको थियो– पहिले सार्वजनिक ट्वाइलेट देऊ, सम्मृद्धि पछि लिउला ।
नवयुवा सञ्जालले आठौँ विश्व शौचालय दिवसको अवसरमा पार्कमोडमा सार्वजनिक शौचालयको माग गर्दै एक घण्टा जनचेतना तथा दवाबमुलक कार्यक्रम आयोजना गरेको थियो ।

सञ्जालका प्रदेश संयोजक कृतज्ञ वीरविक्रम शाहीले भने, ‘धनगढीको मुख्य सडक भनेको बढी चहलपहल हुने क्षेत्र हो । त्यसैले यहाँ प्रत्येक ५०÷५० मिटरको दूरीमा एउटा सार्वजनिक शौचालयको व्यवस्था गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले सार्वजनिक शौचालयका लागि दिवसमा मात्र नभएर अरु समयमा पनि दवाब दिइरहेको बताए । उनले भने, ‘नगरका पर्याप्त स्थानमा सार्वजनिक शौचालय नभएका कारण मानिसहरु पुलमुनि, भित्तापर्खाल, रुखमुनि अथवा कुनाकाप्चामा शौच गर्नुपर्ने बाध्यता छ ।’

सञ्जालकी सदस्य बिना शाहीले सार्वजनिक शौचालय निर्माण गरेर मात्र नहुने र त्यसलाई व्यवस्थित गर्नुपर्ने बताइन्।

उनले भनिन् ‘धनगढीमा आवश्यकता अनुसार सार्वजनिक शौचालय छैनन् । भएका शौचालयमा पनि कतै चुकुल नहुने, त कतै पानीको व्यवस्था छैन ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष