
धनगढी – कञ्चनपुरका एक वडाध्यक्ष रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकाया रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।
५५ वर्षीय रोकायाको शव सोही वडा स्थित किसान मध्यवर्ती वन भित्र रुखमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घर भन्दा करिब एक किलोमिटर टाढाको जंगलमा झुण्डिएको अवस्थामा वडाध्यक्ष रोकायाको शव फेला परेको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक राजेन्द्र बहादुर सिंहले जानकारी दिए।