
ढुकुटीमा दाम खाली के–के भयो भयो
मुलुकमा यस पालि के–के भयो भयो।।
कोरोनाको नाम गरि खाएको छैन भन्थे
रित्ति हाल्यो सबै थाली के–के भयो भयो।।
बगैँचामा बाँदर नाच नाच्ने आफ्नै मान्छे
कारबाहीमा पर्ने माली के–के भयो भयो।।
दैलोमा अड्किएकालाई दुलोबाट हुले
स्वस्तिकको नाकै फाली के–के भयो भयो।।
कहिले भन्छन् जुट्यो कहिले भन्छन् फुट्यो
काम कुरा सबै जाली के–के भयो भयो।।
रातको तामझाम झन कस्तो पो होला
दिऊँसै पनि बत्ति बाली के–के भयो भयो।।